लरी पसे चिया पसलमा

IMG_20221127_152519.jpg

जलपाईगुडी: तरकारीले भरिएको लरी अनियन्त्रित भएर जलपाईगुडी राष्ट्रिय राजमार्ग नजिकै सडक छेउमा रहेको पान र चिया दोकानमा ठोकिंदा चिया र पान दोकानलाई क्षति पुगेको छ। जानकारीका अनुसार जलपाईगुडी राष्ट्रिय राजमार्गको गोशाला टर्नमा हिजो अबेर राती तरकारी बोकेको एउटा सानो लरी अनियन्त्रित भएर सडक छेउका दुई पसलमा ठोक्कियो। चिया पसलमा सुतिरहेका एक व्यक्तिले ज्यान जोगाएर भाग्न सफल भएको प्रत्यक्षदर्शीले भने गाडीको गति यति धेरै थियो कि पसलमा ठोक्किएपछि तरकारी जताततै छरिएको थियो। चालक गम्भिर घाइते भएपछि उनलाई स्थानीय जनता र प्रहरीको सहयोगमा जलपाईगुडी सुपर स्पेशलिटी अस्पताल लगिएको थियो। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *