स्वतन्त्रताको अमृत महोत्सवमा एनसीसीकाे साइकल र्याली

SAVE_20221127_143040.jpg

जलपाईगुडी: स्वतन्त्रताको अमृत महोत्सव र ७४औं एनसीसी दिवसको अवसरमा आइतबार ६१ एनसीसी बटालियनले साइकल रैली निकालेको थियो। नेशनल क्याडेट कोर, जलपाईगुडीको ६१औं बटालियनको पहलमा आइतबार बिहान एसी कलेजबाट साइकल र्‍याली सुरु भएको थियो।साइकल र्‍यालीमा जलपाईगुडीको ६१औं बटालियनका ७५ एनसीसी क्याडेटहरूले भाग लिएका थिए। बटालियनका इन्चार्ज कर्णेल आरएस चौहानको नेतृत्वमा आज साइकल र्‍याली निकालिएको थियो। सो अवसरमा उनले यस साइकल भ्यालीको मुख्य उद्देश्य देशको स्वतन्त्रताको ७५औँ वार्षिकोत्सव तथा अमृत महोत्सवबारे आम नागरिकमा चेतना जगाउनु रहेको बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement