२७ नोभम्बरः प्रगति युथ क्लब, मिरिकको तत्त्वावधानमा आयोजित माया मेमोरियल ओपन नक्आउट फूटबल टुर्नामेण्टमा शनिवार दुईवटा म्याच खेलियो। मिलन नगर (मिरिक, वार्ड नम्बर ३) खेल मैदानमा भएको पहिलो म्याचमा डी टाउन बोइजले निगाले युथ क्लब ए-लाई २-०-ले पराजित गऱ्यो। विजेता टीमबाट आशिकले २ गोल गरे। यसरी नै दोस्रो म्याचमा सौरेनी एफसीले साई नगर एफसी-लाई ४-०-ले पराजित गऱ्यो। विजेता टीमबाट निखिल तामाङले ह्याट्रिक गरे। यसबाहेक एक गोल रञ्जीत तामाङले छिराए। यस फाइभ ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा २० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।
आइतवार खेलिने म्याचहरूः
१) श्री अन्तु नेपाल बनाम दुधिया
२) नागरी बनाम दखली
३) धजे बनाम बुङकुलुंग









