२७ नोभेम्बरः कतरमा जारी फीफा वर्ल्ड कप २०२२-को राउण्ड अव् सिक्स्टीन (१६)-मा पुग्ने सम्भावनालाई जीवित राख्न सफल भयो अर्जेण्टिना। शनिवार अबेर राति खेलिएको ग्रुप सी-को म्याचमा अर्जेण्टिनाले मेक्सिकोलाई २-०-ले पराजित गऱ्यो। मेक्सिकोले यसअघि अर्जेण्टिना विरुद्ध खेलेको ११ वटा म्याचमा हारको सामना गर्नु परेको थियो अनि यस म्याचमा पनि उनीहरूले पराजयको क्रमलाई तोड़्न सकेनन्। लुसैल स्टेडियममा खेलिएको यस म्याचमा दुई टीमबीच शुरुदेखि नै रोमाञ्चक प्रतिस्पर्धा भयो तर पहिलो हाफको खेलमा गोल चाहिँ भएन। यस अवधि दुवै टीमले केही नजिकको मौकाहरू गुमायो। पहिलो हाफमा त मेक्सिकोका डिफेण्डरहरूले स्टार स्ट्राईकर लियोनल मेस्सीलाई गोल गर्ने एउटा मौका पनि दिएनन्।
दोस्रो हाफमा चाहिँ मेक्सिकोले अर्जेण्टिनालाई अधिक समयसम्म रोकेर राख्न सकेन।

म्याचको ६४औं मिनटमा मेक्सिकोका डिफेण्डरहरूलाई परास्त गरी मेस्सीले अर्जेण्टिनाको निम्ति पहिलो गोल गरे। त्यसपछि एञ्जो फर्नाण्डेजले ८७औं मिनटमा अझ एक गोल गरी मेक्सिकोको हार सुनिश्चित गरे। आफ्नो पहिलो म्याचमा सऊदी अरब विरुद्ध लाजमर्दो हारको सम्मुखीन हुने अर्जेण्टिना यस महत्त्वपूर्ण जीतको साथ ३ पोइण्ट लिएर ग्रुप सी-को दोस्रो स्थानमा पुग्यो। पोल्याण्ड ४ पोइण्टको साथ ग्रुपको शीर्ष स्थानमा रहेको छ। अर्जेण्टिनाको अघिल्लो म्याच पोल्याण्ड विरुद्ध नै रहेको छ।









