नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको ३४३ नयाँ मामिला अघि आएको छ। यसको साथै देशमा अहिलेसम्म मोठ कोरोना सङ्क्रमितको संख्या बढ़ेर अब ४,४६,७१,५६२ पुगेको छ। त्यहिं गत २४ घण्टामा कोरोनाले ४ जनाको मृत्यु भएकाे छ। अहिलेसम्म देशमा यो रोगले कुल ५,३०,६१२ जना मानिसहरूको मृत्यु भइसकेको छ। यसरी नै यस अवधिमा ९९७ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएका छन्। अहिलेसम्म ४,४१,३५,६८७ जना कोरोनाबाट स्वास्थ्य भइसकेका छन्। हाल देशमा कोरोनाबाट निको हुने दर ९८,८०℅ रहेको छ।
हाल देशमा कोरोनाको सक्रिय मामिलाको संख्या आज ५,२६३ रहेको छ।
भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद (आई.सी. एम. आर) ले दिएको जानकारीअनुसार गत २४ घण्टमा, देशभरी ३,००,५७० जनाको कोरोना परीक्षणको साथ हालसम्म कुल २१,३०,२९,७७१ जनको परीक्षण भइसकेको छ। यसरी नै, २४ घण्टमा ५६,२३५ जनाले कोरोना खोप लगाउनको साथ कुल २,,१९,९०,८४,४२८ जनाले यो खोप लगाइसकेको छन्।









