फीफा वर्ल्ड कपः डेनमार्कलाई पराजित गरी फ्रान्स राउण्ड अव् १६-मा

IMG_20221127_001840.jpg

२६ नोभेम्बरः गत विजेता फ्रान्सले फीफा वर्ल्ड कप २०२२-को राउण्ड अव् सिक्स्टीन (१६)-मा प्रवेश गऱ्यो। शनिवार राति खेलिएको ग्रुप डी-को म्याचमा फ्रान्सले डेनमार्कलाई २-१-ले पराजित गऱ्यो। स्टेडियम ९७४-मा ४८ प्रतिशत पोजेशनको साथ खेल्ने फ्रान्सीसी टीमबाट दुवै गोल पेरिस सेण्ट जर्मेन (पीएसजी)-का फरवर्ड कीलियन एम्बाप्पेले दर्ता गरे। एम्बाप्पेले ६१औं र ८६औं मिनटमा गोल गरे। यसरी नै डेनमार्कबाट एण्ड्रिएस क्रिस्टेनसेनले ६८औं मिनटमा गोल गरे। यस जीतको साथै फ्रान्स २ वटा म्याचमा ६ पोइण्टको साथ ग्रुप डी-को शीर्ष स्थानमा पुग्यो। यस ग्रुपमा अष्ट्रेलिया ३ पोइण्टको साथ दोस्रो स्थानमा रहेको छ।

अब डेनमार्कले राउण्ड अव् सिक्स्टीन-को आशालाई जीवित राख्न आफ्नो अन्तिम म्याचमा अष्ट्रेलिया विरुद्ध जसरी भए पनि जीत हासिल गर्नु पर्नेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement