२६ नोभेम्बरः फीफा वर्ल्ड कप २०२२-मा पोल्याण्डले जीतको खाता खोल्यो। शनिवार खेलिएको ग्रुप सी-को म्याचमा पोल्याण्डले सऊदी अरबलाई २-०-ले पराजित गऱ्यो। एजुकेशनल सिटी स्टेडियममा ६४ प्रतिशत पोजेशनको साथ खेल्दै सऊदी अरबले विपक्षी टीमलाई कड़ा चुनौती दियो तर उनीहरू गोल हासिल गर्न चाहिँ असफल रहे। पोल्याण्डबाट पिओट्र जिलेन्स्कीले ३९औं अनि स्टार स्ट्राईकर रोबर्ट लेवाण्डोस्कीले ८२औं मिनटमा गोल गरे। गत म्याचमा अर्जेण्टिनालाई उलटफेरको शिकार बनाउने सऊदी अरबको टीमले पोल्याण्ड विरुद्ध पनि केही असल मौकाहरू बनाएको थियो तर भाग्य साथमा नहुँदा टीम हारको सम्मुखीन भयो। यस जीतको साथै पोल्याण्ड ४ पोइण्ट लिएर ग्रुपको शीर्ष स्थानमा पुग्यो।









