२६ नोभेम्बरः नमुना परिवार, टिंगलिंग चियाबारीको तत्त्वावधानमा आयोजित च्याम्पियन्स कप खुल्ला नगद राशि नक्आउट फूटबल टुर्नामेण्टमा शनिवार दोस्रो राउण्डको दुईवटा म्याच खेलियो। स्थानीय गढ़ी खेल मैदानमा भएको म्याचमा किशालय संघ, सिलगढ़ीले गढ़ी स्पोर्टिंगलाई २-०-ले पराजित गऱ्यो। विजेता टीमबाट रबिन प्रसादले ३५औं र ५२औं मिनटमा गोल गरे। यसरी नै दोस्रो म्याचमा दुधे टाइगर्सले सिंगबुली एफसी-लाई ४-१-ले पराजित गऱ्यो। विजेता टीमबाट साहिल (११औं र १८औं मिनट) र सादिस (३९औं र 62औं मिनट)-ले २-२ गोल गरे। सिंगबुली एफसी-बाट वांगदेनले ५५औं मिनटमा १ गोल गरे। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ८० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक नमुना परिवार टिङलिङको पक्षमा बिपेन थापाले जनाएका छन्।









