दीपक गजमेर स्मृति भेटरन फूटबलः तुंग सुंग भेटरन्स र प्रधान नगर भेटरन्स क्वार्टर फाइनलमा

IMG_20221126_230929.jpg

२६ नोभेम्बरः घूम जोरबंग्लो भेटरन्सको तत्त्वावधानमा आयोजित दीपक गजमेर स्मृति भेटरन (४० वर्षभन्दा माथि) फूटबल टुर्नामेण्टमा तुंग सुंग भेटरन्स र प्रधान नगर भेटरन्सले आ-आफ्नो म्याच जितेर क्वार्टर फाइनलमामा स्थान बनायो। स्थानीय घूम बोइज हायर सेकेण्डरी स्कूल खेल मैदानमा शनिवार भएको पहिलो म्याचमा तुंग सुंग भेटरन्सले लेबोंग भेटरन्सलाई ३-२-ले पराजित गऱ्यो। विजेता टीमबाट लाक्पा तामाङले २ गोल गरे। यसबाहेक सञ्जय सुब्बाले १ गोल गरे। यसरी नै लेबोंग भेटरन्सबाट देवाशिष राई र सन्दीप तामाङले १-१ गोल गरे। यसरी नै दोस्रो म्याचमा सिलगढ़ीको प्रधान नगर भेटरन्सले युनाइटेड ब्रदर्स भेटरन्सलाई ३-१-ले पराजित गऱ्यो। विजेता टीमबाट दर्शन शेर्पाले २ गोल गरे। यसबाहेक जिग्मी भूटियाले १ गोल गरे। युनाइटेड ब्रदर्स भेटरन्सबाट विक्रम राईले १ गोल गरे।

यस भेटरन्स टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ८० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर अप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ४० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टको फाइनल २५ दिसम्बरमा खेलिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement