गान्तोक: अखिल किराँत राई संघ सिक्किमको तेस्रो समन्यवक सभा लुम्सेस्थित निर्माणधीन राई खिममा सम्पन्न भयो। यस अवसरमा मुख्यमन्त्रीका राजनीतिक सचिव जेकव खालिङ मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए। आजको यस सभामा विभिन्न प्रस्ताव पारित गरिएको छ जस्तै राई समुदायको महान पर्व पाकिम जिल्लाको दलपचन्दमा राज्यस्तरीयरूपमा पालन गरिने सर्वसम्मतिले पारित गरेको छ भने यसरी नै सोही दिन लुम्सेमा निर्माण भइरहेको राई खिमको अनावरण राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङले गर्ने निर्णय लिएको छ। यस सभामा पूर्व जिल्लाको निम्ति अखिल किराँत राई संघको अस्थायी समिति पनि गठन गरियो, जसमा सभापति शैलेश राई,महासिवच प्रताप शिवहाङ, सल्लाहाकारूमा टीएम राई,अशोक राई र सन्तोष राई रहेका छन्। यसरी नै राई जातिको सर्वाङगीन विकास हेतु संविधान संशोधनबारे पनि सभामा चर्चा परिचर्चा गरियो। सोही प्रकारले राई जातिको प्रगति विकास हेतु प्रत्येक सदस्यबाट वार्षिक सदस्य शुल्क आगामी २०२३ भित्र संकलन गरिनु पर्ने सभाले निर्णय लिएको छ। यसरी नै आगामी दिनमा सम्पन्न हुने माध्यमिक र उच्चमाध्यमिक परीक्षाको निम्ति विद्यार्थीहरूलाई प्रशिक्षण प्रदान गरिने निर्णय लिएको विज्ञप्तिमा उल्लेख गरिएको छ। यसरी नै राई घर उदघाटन समारोह समिति पनि गठन गरिएको छ, जसमा सभापति डा. एसके राई, उपसभापति सन्तोष राई, करूणा राई, महासचिव जेके राई, प्रचार सचिव शिला वाङदेन, मुख्य संरक्षक जेकब खालिङ, संरक्षक मोहन दुङमाली रहेका छन्।









