क्षेत्रिय आयुर्वेद अनुसन्धान संस्थानले पालन गऱ्यो संविधान दिवस

IMG-20221126-WA0338.jpg

गान्तोक: तादोङमा सञ्चालित क्षेत्रिय आयुर्वेद अनुसन्धान संस्थानको पहलमा आज संविधान दिवस सामान्य ढङ्गमा पालन गरियो। यस अवसरमा मुख्य अतिथिकोरूपमा राजभवनमा एडीसी शिव प्रसाल येलसिरि रहेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै क्षेत्रिय आयुर्वेद अनुसन्धान संस्थानका सहनिर्देशक डा. सिरिप्रकाशले यस कार्यक्रम आयोजना गरिनुको मुख्य उद्देश्य र औचित्यबारे प्रकाश पारे। संविधानका निर्माता डा. भीमराव अम्बेडकर भारतीय संविधानका बास्तुकार रहेको र उनीद्वारा लिखित संविधानले देशका सबै मानिसहरूलाई न्याय दिएको बताए। अम्बेडकरले संविधान लेख्नमा धेरै मेहनत गरेको तर पछि उनी स्वयं नै हिन्दु धर्म त्यागेर बौध्द धर्म अप्नाएको पनि उनले जानकारी गराए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement