जोरथाङमा आयोजित धार्मिक प्रवचन कार्यक्रममा मुख्यमन्त्री सहभागी

IMG_20221126_224654.jpg

गान्तोक: आज जोरथाङको सामुदायिक हलमा आयोजित धार्मिक प्रवचन कार्यक्रममा मुख्यमन्त्री प्रेमसिंह तामाङ, उनकी धर्मपत्नी कृष्ण राई र शिक्षा मन्त्री केएन लेप्चा सहभागी बने।

मानव जीवनमाथि भगवान बुद्धको मौलिक शिक्षा र दोमाङ्ग प्रवचन कार्यक्रममा परमपावन खेम्पो भगिन्द्र शिला ज्यु विशेष रूपमा उपस्थित रहेको छन्। यो तीन दिवसीय कार्यक्रम हिजो शुरू भएको हो र भोलि आइतवार समाप्त हुनेछ।

कार्यक्रममा बौद्ध सन्तहरू र प्रसिद्ध आध्यात्मिक गायक अणि छोइङ ड्रोलमाको पनि उपस्थित रहेको बताइएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *