गान्तोक: राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङ दिल्ली भ्रमण सकेर आज राज्य फर्किएका छन्। भ्रमणको क्रममा उनले केन्द्रीय मन्त्री जी. किसन रेड्डीसँग भेट गर्दै केही मागहरू चढाएका थिए। सोही प्रकारले उनले हिजो दिल्लीमा वित्त मन्त्री सितारमणको अध्यक्षतामा सम्पन्न भएको आगामी केन्द्रीय बजेट २०२३-२४ को निम्ति आयोजित बैठकमा सहभागिता जनाएका थिए। मानेकशा केन्द्रमा आयोजित बैठकलाई केन्द्रीय वित्त मन्त्री निर्मला सितारमणले अध्यक्षता गरेकी थिइन्। देशको साधरण बजेटको सम्बन्धमा आयोजित यस महत्वपूर्वण बैठकमा विभिन्न राज्य अनि केन्द्रशासित प्रदेशका प्रतिनिधिहरूलाई पनि सहभागी बन्ने र आफ्नो कुरा राख्ने अवसर प्रदान गरेकोमा मुख्यन्त्री गोलेले केन्द्रीय वित्त मन्त्री प्रति आभार पनि व्यक्त गरे। आफ्नो दी दिवसीय दिल्ली भ्रमण सकेर राज्य फर्किने क्रममा उनलाई बागडुग्रामा प्रोटोकल यूनिटद्वारा स्वागत जनाइयो।









