गोरूबथान: आज दिनांक ४३ न. समष्टि, जोन-१ समष्टि समितिको आयोजनामा ४३ न. जोन-१ अन्तर्गत रहेका विभिन्न भातृ संगठनका पदाधिकारी अनि शाखा समितिको पदाधिकारीगणलाई लिएर आगामी चुनाव सम्बन्धी सर-सल्लास सभा सोमबारे बजारमा अवस्थित पार्टी कार्यलयमा सम्पन्न भएको जानकारी प्राप्त भएको छ। जोन-१सभापति सुर्यमणि राईको सभापतित्वमा सम्पन्न सभाको संचालन जोन-१ सांगठनीक सचिव असिम राईले गरेका थिए भने सभामा विशाषरूपमा पञ्चायत चुनाव गोरूबथान खण्ड कोडीनेटर रतन थापाज्युको (सभासद,४३ न.समष्टि) उपस्थित थिए। सभाको विषयवस्तुबारे जोन-१ मूलसचिव काशीराम प्रधानले सभामा उपस्थीत भातृ संगठन अनि शाखा पदाधिकारीगणलाई जानकारी गराउदै स्वागत मन्तब्य राखे। जोन-१ सह-सचिव सुरज प्रधानले चुनावबारे रहेको अन्योलता र टेक्नीकलबारे उपस्थीत भातृ संगठन अनि शाखा समितिका पदाधिकारीलाई जानकारी गराए।सभामा विशेषरूपले जानकारी गराउदै आउँदो पञ्चायत चुनावको निम्ति तालमेल राख्न सहजताको निम्ति पार्टिको पक्षबाट केन्द्रीय समितिले ४३ न.समष्टि सभासद रतन थापालाई गोरूबथान खण्ड (४३, ४४ र ४५ न. समष्टि) मूल संयोजक छनौट गरिएको छ।४४ न . समष्टि सभासद हर्कमान छेत्री अनि ४५ न. समष्टि सभासद नामगेल भुटियालाई सहयोगी संयोजक छनौट गरिएको छ।
सभामा विशेष पञ्चायत चुनावबारे गम्भीर चर्चा परिचर्चा चलेको थियो। यस सभामा वक्ताहरूको रुपमा आशा छेत्री (सभानेत्री, भागोप्रनाश, ४३ न. समष्टि-१ समिति),दिपक कार्की (सभापति, भागोप्रयुश, ४३ न. समष्टि-१ , गोरूबथान) मनकुमार सुब्बा (माल-४ फरेष्ट बस्ती शाखा, सांगठनिक सचिव, भागोप्रमो, ४३ न. समष्टि-१) अजीत राई (सभापति, सौरेनी बन बस्ती शाखा) विनोद लामा (प्रतिनिधि, मालबस्ती शाखा समिति) रत्न थापा (प्रतिनिधि, सिमसारे शाखा समिति) राजेस तामांग (प्रतिनिधि, अम्बयोक शाखा समिति) प्रकाश राई (प्रतिनिधि, लेप्चा गाउँ, गोरूबथान)
राकेश मुखिया (प्रतिनिधि, भुट्टाबारी बनबस्ती)डी.बी.छेत्री (सभापति, हितडुपालेवेयु, कालिम्पोंग जिल्ला समिति) विजय ब्लोन (सचिव, सं.मा.शि.क.स., गोरूबथान सर्कल) थिए।आजको सभामा पूर्ण चर्चा परिचर्चा पश्चयात सभासद एवं पञ्चायत चुनाव संयोजक रतन थापाले सभालाई सम्बोधन गर्दै केन्द्रीय समितिमा चलिरहेको चर्चा बिषयमा जानकारी गराउदै सभालाई सम्बोधन गरे।दिवसीय सभापति श्रीमान सुर्यमणि राईले आफ्नो विचार राख्दै सभा बर्खास्त गरे। आजको सभामा उपस्थित पदाधिकारी हि.त.डु.पा.ले.यु., पदाधिकारी नारी शक्ति, पदाधिकारी संयुक्त माध्यमिक शिक्षक कल्याण संगठन, पदाधिकारी युवा शक्ति अनि जोन-१ अन्तर्गत रहेका शाखा समितिका पदाधिकारी रहेका थिए।








