खरसाङ: खरसाङ महकुमा अन्तर्गत सिटोङ तीन ग्राम पञ्चायतको शेल्पु पुलिस पब्लिक सेवा मञ्चद्वारा आयोजित गायन एवं नृत्य प्रतियोगिताको साथमा एक महिनादेखि चलिरहेको लात्ते भकुण्डो प्रतियोगिताको फाइनल खेल पञ्चवत्ती उच्चतर माध्यमिक विद्यालय खेल मैदानमा सम्पन्न भएको छ। उक्त कार्यक्रम बीएम राईको सभापतित्वमा एवं समाजसेवी बिक्रम राईको प्रमुख अातिथ्यमा साथै सेवक पुलिस प्रहरी प्रमुख तपनकुमार दासको उपस्थितिमा विधित त कार्यक्रमको साथमा सम्पन्न भएको छ। कार्यक्रमबारे गोपाल छेत्रीले दुई कुरा राखे भने सेवक पुलिसको तर्फबाट अस्सीजनालाई न्यानो कम्बलहरू वितरण गरिएको छ।

आजको लात्तेभकुण्डो प्रतियोगीतामा ड्राइभर टिमलाई ० को विरूद्ध २ गोल गरेर युसीएसटी थामले खिताब हात पारेको छ। कार्यक्रमबारे खुशी प्रकट गर्दै सेवक पुलिस आउट पोष्टको प्रभारीले आउने दिनहरूमा अझ असल कार्यक्रमको आयोजना गर्ने आफ्नो मन्तव्य प्रकट गरेका थिए। आजको कार्यक्रमको सञ्चालन कबिन्द्र शर्मा,अरूण खवास र सुशिल मुखियाले गरेका थिए।








