कालचिनी – मेचपाड़ा ८ नम्बर गाउँ र चुवापाड़ा बीच पर्ने राङ्गामाटी रोडमा एउटा जंगली बिरालो अर्थात जंगल क्याटको शव आज एको बिहानै मर्निङ वाकमा जाने मानिसहरूले देखेपछि यसको जानकारी बन विभागलाई दिएको थियो। वाकमा जाने मानिसहरूले सम्भवत यो बनढाड़ेलाई कुनै वाहन वा मोटरबाइकले धक्का दिएकोले यसको मृत्यु भएको हुनसक्ने आशंका गरेको थियो भने पछि पाना रेन्जका बनकर्मीहरू आएर उक्त मृत बनढाड़ेलाई उद्धार गरेर लगेको बताएको छ। पाना रेन्जका अधिकारीले उक्त बनढाड़े विरल प्रजातीमा पर्ने वन्यजीव रहेको बताएको छ।








