रेलको धक्काले वृद्धा महिलाको मृत्यु

dead-body-97


कालचिनी – आज बिहानपख सिलगढ़ीगामी रेलको धक्काले साताली चियाबारी निवासी एकजना वृद्धा महिलाको मृत्यु भएको घटना प्रकासमा आएको छ। प्राप्त जानकारीअनुसार साताली चियाबारी निवासी वृद्धा महिला लालो उराउँ उमेर प्रायः ६० साताली चियाबारी संलग्न रेल लाईन किनारी हिँड़दै गर्दा रेलको धक्काले उछिटिएका थिए भने घटनाको जानकारी हाँसीमारा आरपीएफलाई पुगेपछि घटनास्थलमा पुगेर उक्त घाइते वृद्धा महिलालाई कालचिनीस्थित उत्तर लोथाबारी ग्रामीण अस्पतालमा लगिएको थियो भने चिकित्सकहरूले ती वृद्धा महिलाको मृत्यु भएको घोषणा गरेको थियो। अन्ततः उक्त वृद्धा महिलाको शवलाई पोस्टमार्टमको निम्ति अलिपुरद्वार पठाएको कालचिनी थाना सुत्रले जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement