सिलगढ़ी प्रीमियर लीगः रोमाञ्चक म्याचमा आठेरोखाई सरोजनी संघ विजयी

IMG-20221126-WA0308.jpg

२६ नोभेम्बरः सिलगढ़ी महकुमा क्रीड़ा परिषद (एसएमकेपी)-को तत्त्वावधानमा आयोजित सिलगढ़ी प्रीमियर लीग कम् नक्आउट फूटबल टुर्नामेण्टमा आठेरोखाई सरोजनी संघले आफ्नो पहिलो जीत हासिल गऱ्यो। कञ्चनजंघा स्टेडियममा शनिवार भएको म्याचमा आठेरोखाई सरोजनी संघले देशबन्धु स्पोर्टिंग क्लब (डीएसयू)-लाई १-०-ले पराजित गऱ्यो। विजेता टीमबाट एकमात्र गोल कप्तान सिल्बानुस एक्काले दोस्रो हाफको खेलमा छिराए। म्याचमा डीएसयू-का डिफेण्डर आशिष र गोलकीपर निगम सिंहलाई रातो कार्ड देखाइयो। यसरी नै विजेता टीमका गोलदाता सिल्बानुस एक्काले पनि रातो कार्ड देखेर मैदान छोड़्नु पऱ्यो। विजेता टीमका गोलकीपर सञ्जीव केरकेट्टालाई प्लेयर अव् द म्याच चयन गरियो। अब आइतवार खेलिने म्याचमा यंग मेन्स एसोसिएशन र बान्धव संघबीच भिड़न्त हुनेछ। यस टुर्नामेण्टको निम्ति १० वटा टीमलाई स्थान दिइएको छ। टुर्नामेण्टका दुईवटा सेमिफाइनल ८ र ९ दिसम्बरमा खेलिनेछ। रेलिगेशन म्याच १० दिसम्बरमा खेलिनेछ। यसरी नै फाइनल ११ दिसम्बरमा हुनेछ। फाइनल म्याच ५ बजीदेखि कृत्रिम प्रकाशमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई पीसी मित्तल मेमोरियल च्याम्पियन ट्रफीको साथमा ७५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर अप् हुने टीमलाई सुलोचना देवी अग्रवाल मेमोरियल रनर अप् ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement