खरसाङ: १९८६ को गोर्खाल्याण्ड आन्दोलनमा सक्रिय रहेकी तीनधारेको राजबारी निवासी नारी स्मृति देवान भुसालको निधन भएको छ। १९८६ सालको गोर्खाल्याणड आन्दोलनको समय तीनधारे सुकना समष्टी गोर्खा राष्ट्रिय नारी मोर्चा (जेएनडब्ल्युओ) को सभापति स्मृति देवान भुसालको गत २१ नोभेम्बरको दिन उपचारको क्रममा सिलगढीको एक निजी नर्सिङ होममा ५९ वर्षको उमेरमा निधन भएको छ।उनी किड्नी रोगसित जुँझ्दै आएका थिए। उनले आफुपछि पति चन्दु भुसाल अनि छोरी छोड़ी गएका छन्। उनी समाजसेवी, नाट्य कलाकार एंव साई भक्त स्व मदन देवानकी जेठी सुपुत्री पनि हुन्। प्राप्त जानकारी अनुसार स्मृति देवानले १९८६ देखि १९८९ सम्म गोर्खाल्याण्डको आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए भने त्यसताक गोरामुमो अध्यक्ष सुवास घिसिङलाई आन्दोलनमा सक्रिय साथ दिएको अनि घरमा खाना र खाजा पनि पठाईदिने गरेको साथै आन्दोलनको समय काखको नानी लिएर पनि गोर्खाल्याण्ड आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्दै क्यालेण्डरहरू बिक्री गरेको जानकारी प्राप्त भएको छ। गोर्खाल्याण्ड आन्दोलनको सक्रिय नारी स्मृति देवान भुषालको अन्त्येष्टि कार्य आगामी ३ दिसम्बरको दिन तीनधारेको राजबारीस्थित जनसेवा संघमा हुने भएको उनको पति चन्दु भुषालले जानकारी गराएका छन्।








