खरसाङ: राज्य सरकारले पर्जा पट्टा वितरण को निम्ति एउटा समिति गठन गरेको छ। खरसाङ महकुमा समितिको सदस्य सुबास प्रधानले जानकारी दिए अनुसार, समितिले सरकारलाई बुझाएको सूची मध्ये १३६ परिवारले आगामी २८ नोभेम्बर को दिन जमीनको मालिकना हक अर्थात पर्जा पट्टा पाउनेछन्।
सुवास प्रधानले भनेका छन् कि पर्जापट्टा वितरण गाडीधुरा अनि मैरिनवारीका वासिन्दाहरूले पाउनेछन्।
पर्जापट्टा वितरण गोर्खाल्याण्ड क्षेत्रिय प्रशासनका प्रमुख कार्यपाल अनित थापाको हात बाट हुनेछ। कार्यक्रममा एस डी ओ अनि बी डि ओ को उपस्थिति पनि रहनेछ। गाडी धुरा सामाजिक भवनमा वितरण कार्यक्रम आयोजना हुनेछ।
सुवास प्रधान भन्छन,”भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले पर्जापट्टाको मुद्दा माथि काम गरेको धेरै भएको छ। हाम्रा सभासद्हरु सरकारले गठन गरेको समितिका सदस्य पनि रहेका छन्। म स्वयं समितिको एक सदस्य हुँ। जमीनको मालिकना हक दिलाउनु हाम्रो प्रमुख उद्देश्य रहेको छ। जमीन हाम्रो अस्तित्वको निम्ति प्रमुख कुरा मान्छु।”








