२६ नोभेम्बरः भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा, कालीझोड़ा शाखाको तत्त्वावधानमा आउँदो २७ नोभेम्बरदेखि आयोजन गरिने गोपाल प्रधान स्मृति विनर ट्रफी अनि शहीद उत्तम प्रधान स्मृति रनर अप् ट्रफी ओपन नक्आउट फूटबल टुर्नामेण्टको क्रीड़ासूची जारी गरियो। कालीझोड़ा फूटबल मैदानमा हुने यस टुर्नामेण्टमा जम्मा २८ वटा टीमलाई स्थान दिइएको छ। आउँदो ७ नोभेम्बरमा हुने उद्घाटन म्याचमा उत्तम इलेभेन र अंश सालुगढ़ाबीच भिड़न्त हुनेछ। दुईवटा सेमिफाइनल २७ र २८ दिसम्बरमा हुनेछ। यसरी नै फाइनल ३१ दिसम्बरमा खेलिनेछ। यस सेभेन ए साइड फूटबल टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक विनर ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक विनर ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसको साथमा एकाधिक आकर्षक व्यक्तिगत नगद पुरस्कार र ट्रफीहरू पनि रहनेछ।








