भगोप्रमो खरसाङ टाउन कमिटीद्वारा बधाई र शुभकामना
खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको खरसाङ महकुमा समितिको सभापति एंव खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधानलाई जीटीएको जनसम्पर्क अधिकारीको रूपमा चयन गरिएको छ। उनी पर्चा पट्टा वितरण समितिको खरसाङको एक सदस्य पनि रहेका छन्। उनी पर्जापट्टा वितरण समितिमा खरसाङ क्षेत्रको लागि जीटीएको एकजना प्रतिनिधि सदस्य पनि रहेका छन्। आफुले पाएको उत्तरदायित्व विषयमा पत्रकारहरूसित कुराकानी गर्दै सुवास प्रधानले जनताको सेवा गर्नलाई जीटीए चिफ् अनित थापाले आफुलाई यो दायित्व दिएको र यसलाई निष्ठापूर्वक पूरा गर्ने बताएका छन्। उनले यो पदमा रहेर कुना कुनामा पुगेर जनताको समस्याहरू बुझेर जीटीए चिफ् एक्जीक्युटिभ अनित थापालाई जानकारी गराउने अनि जनताको हरेक समस्याहरू र असुविधाहरूलाई समाधान गर्नलाई कार्य गर्ने बताएका छन्। प्रधानले अघि भने, राजनीति गर्नु मात्र ठूलो कुरा होइन तर जनताको लागि कार्य गर्नु र युवाहरूलाई रोजगार दिनु अनि जनताको समस्याहरू समाधान गर्नु अनि यथार्थमा रहेर कार्य गर्नु आफ्नो प्रमुख प्राथमिकता रहेको बताएका छन्। यसै क्रममा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ टाउन कमिटी सभापति राजु शर्मा अनि मूल सचिव सूर्यकमल छेत्रीको अगुवाईमा टाउन कमिटीको एक टोली खरसाङस्थित पार्टी कार्यालयमा महकुमा सभापति सुवास प्रधानलाई जीटीएको भारप्राप्त जन सम्पर्क अधिकारी चयन गरिएकोमा भेटघाट गरिएको छ। भागोप्रमो खरसाङ महकुमा समितिको सभापति एंव खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधानसित टाउन कमिटीको पदाधिकारीहरूले सौहार्दपूर्ण भेटघाट गरी बधाई तथा शुभकामना दिएका छन्। यस भेटघाट कार्यक्रमलाई प्रचार प्रसार सचिव बिरबल पाखरीनले सञ्चालन गरेका थिए। शुरूमा टाउन कमिटीको पक्षबाट जीटीएको जन सम्पर्क अधिकारी जस्तो गरिमामय ओहोदामा नियुक्त भएकोमा सुवास प्रधानलाई खदा लगाएर बधाई तथा शुभकामना व्यक्त गरिएको छ। उनी पार्टीको महकुमाको सभापति भएको नातामा टाउन कमिटीको पक्षबाट सांगठनिक विषय लिएर एक ज्ञापन पत्र पनि चढाइएको छ।

सुवास प्रधानले टाउन कमिटीको प्रतिनिधिहरुका सर सल्लाह, गुनासो साथै सांगठनिक विषयहरुलाई अत्ति नै ध्यानपूर्वक साथै गहनताको साथ सुने अनि आउँदो दिनमा पार्टीको सफलता साथै जनमानसको सुविधाको निम्ति जीटीए अन्तर्गतको विषयहरू साथै पार्टीगत कुराहरुमा पूर्ण तालमेल राखेर कार्य गर्ने सहमति जनाएका छन्। यस भेटघाट कार्यक्रममा महकुमा समितिको महासचिव एंव मनोनित सभासद प्रणाम रसाईली, कार्यालाय सचिव प्रणय रोका, महकुमा समितिको प्रचार प्रसार सचिव दिपेन्द्र सेवा, विशाल शर्मा अनि टाउन कमिटीबाट सह सचिव संजय मुखिया, सांगठनिक सचिव रन्जन गजमेर, प्रचार प्रसार सचिव बिरबल पाखरीन, कार्यकारिणी सदस्यहरू उपस्थित रहेका थिए।








