नाका चेकिङका क्रममा बसमा ठूलो परिमाणमा गाँजा बरामद, दुई पक्राउ

SAVE_20221126_192214.jpg

जलपाईगुडी: जलपाईगुडी जिल्लाको बनारहाट ट्राफिक पुलिसले गोप्य सूचनाको आधारमा ग्यारकाटा नाका चेकिंग पोइन्टमा अपरेशन गरी बसबाट ठूलो मात्रामा गांजा बरामद गरेको छ। यस घटनामा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। ग्यायरकाटाको काटा अम्बाटिपा नाका चेकिङ प्वाइन्टमा शुक्रबार बस रोकेर खोजी गरिएको बताइएको छ।खोजीका क्रममा बसको बंकरबाट गाँजा भरिएको ४ झोला बरामद भएको छ। ४ बोरामा १८ किलो गाँजा रहेको बताइएको छ। बस भित्रबाट गाजा फेला परेपछि यात्रुमा त्रास फैलियो। यसपछि बन्नेरहाट थानाको पुलिसले यात्रुहरूसँग यसबारे सोधपुछ गर्न थाल्यो।सूचना पाएर बन्नेरहाट थानाका आईसी र अतिरिक्त एसपीसहित बिन्नागुरी चौकीका ओसी घटनास्थलमा पुगेका थिए। शंकास्पद दुई जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement