मगरजोङ चियाबारीमा गेट मिटिङ जारी

दार्जीलिङ: आज दशौं दिन पनि श्रमिक एवं कर्मचारीवर्गले मगरजोङ चियाबारीमा बिहानदेखि गेट मिटिङ शुरु गरियो। सभामा धेरैको उपस्थिति रहेको थियो। आज बिहान ८ बजेदेखि शुरु गरिएको उक्त सभामा इन्दिरा ओझा उच्चतर माध्यमिक विद्यालयका प्रधानाध्यापक विकाश शर्मा, सह शिक्षक, योगेश चन्द्र राई, रिवाङ् तामाङ, एल के प्रधान, ब्रोन्सन देवान आदिले विद्यालयको पक्षबाट बोल्दै श्रमिक एवं कर्मचारीवर्गले शुरु गरेका यस असहयोग आन्दोलनमा भरपुर साथ दिने तथा मालिक पक्षको विरोधमा आवाज उठाउने बताएका छन्। सह शिक्षक योगेश चन्द्र राईले  सञ्चालन गरेको उक्त सभामा धेरै वक्ताहरुले श्रमिकहरुको कल्याणको हितमा बोलेका थिए भने कतिले मालिक पक्षको दमन नितिको घोर विरोध जनाए। दार्जीलिङ ओर्गानिक टी प्राईभेट लिमिटेड अधीनमा रहेका मगरजोङ चियाबारीमा गएको केही महिना अघिदेखि  खर्च, तलाब अनियमितता बारे दैनिक खटिखाने श्रमिक एवं कर्मचारीहरुलाई धेरै मर्का परेको बताएका छन्l

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement