लामाहट्टा बीच भेकमा बाटो निर्माणको लागि खनन कार्य शुरू

IMG_20221126_171131.jpg

गाउँलेहरूद्वारा अजय एडवार्डसप्रति आभार प्रकट

दार्जिलिङ: लामाहट्टा बीच भेकमा बाटो नहुनाले सर्वसाधारणले धेरै दुःख पाएका थिए। यस क्षेत्रको लागि बाटो निर्माणको लागि खनन कार्य शुरू भएको छ। यसको लागि स्थानीय गाउँलेहरूले अजय एडवार्डसप्रति आभार प्रकट गरेका छन्। लामाहट्टा ग्राम पञ्चायत क्षेत्रका वार्ड नम्बर १३ बीच भेकमा बसोबास गर्ने गाउँलेहरूले बाटोको अभावले निक्कै असुविधा भोग्न परिरहेको छ। स्थानीय गाउँलेहरूले भोग्दै आइरहेको समस्याहरूलाई ध्यानमा राखेर हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले बाटो निर्माण कार्यको निम्ति जेसीपी दिएर सहयोगको हात बढाएका छन्। सन १९८६ को गोर्खाल्याण्ड आन्दोलनपछि १९८८ सालमा दार्जिलिङ गोर्खा पार्वतीय परिषदको गठन भएको थियो। दागोपापको निर्वाचित क्षेत्रिया पार्षददेखि लिएर राजनैतिक दलका नेतृत्वहरूले लामाहट्टा बीच भेकका बासिन्दाहरूलाई बाटो निर्माण गरी दिने वचनहरू मात्र दिँदै आइरहेका छन्। लामाहट्टास्थित दुर्गा मन्दिरको कसम लिँदै लामाहट्टा बीच भेकमा बाटो निर्माण गरिदिने वाचा गरे तापनि यतिका वर्षहरू बितिसक्दा पनि हालसम्म बाटोको निर्माण गरिएको छैन। लामाहट्टा बीच भेकका बासिन्दाहरू बाटोको अभावले गर्दा बिरामीहरूलाई उपचार गर्न अस्पताल लैजान परेको खण्डमा चौकी अथवा आङमा बोकेर लाने गर्छनम। बजारबाट सर समानहरू ल्याउँदा घरसम्म पुऱ्यानलाई छुट्टै पैसा राख्न पर्छ। भरियाले एक बोरा सिमेट बोकेर घरसम्म पुराएको एक सय रुपियाँ लिने गर्छन् स्थानीय गाउँलेहरूले आफु बसेको गाउँ लामाहट्टा बीच भेकलाई काला पानी सरह ठान्ने गरेका छन्। अहिलेको वैज्ञानिक युगमा पनि गाउँसम्म पुग्ने बाटो समेत नहुनु भनेको साँच्चे ने दुर्भाग्य पूर्ण कुरा हो लामाहट्टा बीच भेकका गाउँलेहरूको यस्तो दुखद अवस्था देखेर हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले बाटो निर्माण कार्यको निम्ति जेसीपी मसिन प्रदान गरेका छन्। लामाहट्टा बीच भेकका बासिन्दाहरूले हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डस, क्षेत्रिय सभासद शनि बम्जन, हाम्रो पार्टीका समष्टि अध्यक्ष सन्दीप तामाङप्रति आभार जनाएका छन्। यसैगरी हाम्रो पार्टीको नारी शक्ति नेत्री मनिता राई, नितु मतुवाको पनि बाटो निर्माण कार्य गर्नमा अहम भूमिका रहेको छ। यसबाहेक बाटो निर्माण गर्नको लागि दावा तामाङ र तिनकी श्रीमति तारामणि तामाङले जमीन प्रदान गरेकोमा स्थानीय गाउँलेहरूले आभार प्रकट गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement