हाम्रो पार्टीका अध्यक्ष अजय एडवर्ड्स विरुद्ध प्राथामिकी दर्ता

1611605063_26nbledwards_2.jpg

दार्जिलिङ: हाम्रो पार्टी त्यागेर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएका दिपेन्द्र ठकुरीले दार्जीलिङ्ग सदर थानामा हाम्रो पार्टीको अध्यक्ष अजय एडवर्ड विरुद्ध एफआईआर दर्ता गरेका छन्।
एफआईआरमा उल्लेख गरिएको छ कि अजय एडवर्डले छानबीन नगरी दिपेन्द्रको आवाजको फोन भनी सोसियल मिडियामा एउटा फोनको वार्तालाप प्रसार गरेका छन्। कसैको फोन अनुमतिबिना रेकर्ड गर्नु कानुनी अपराध रहेको र व्यक्तिको गोपनीयतामाथि आक्रमण हो भन्दै भारतको संविधान, धारा २१ ले दिएको व्यक्तिको मौलिक अधिकारको हनन हो भनी एफआईआर दर्ता गरिएको जानकारी प्राप्त भएको छ। एफआईआरमा भनिएको छ कि फोनमा उल्लेखित कुरा म स्वीकार गर्दिन। छानबीन नगरी मेरो आवाजको फोनलाई सार्वजनिक गर्नुको पछिको उद्देश्य मेरो चरित्रको हत्या गर्नु मात्र रहेको छ। याे कुकर्त गरेर अजय एडवर्डले मेरो मानहानी गरेको छ। यो घटनाले मलाई मानसिक रूपले क्षति पुर्याएको छ भन्दै अजय एडवर्ड विरुद्ध न्यायोचित कदम उठाउने पनि एफआईआरमा आग्रह गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement