फीफा वर्ल्ड कपः चोटले गर्दा स्विट्जरल्याण्ड विरुद्ध म्याचबाट बाहिर भए नेमार

IMG-20221126-WA0125.jpg

२६ नोभेम्बरः फीफा वर्ल्ड कपमा सर्बिया विरुद्ध २-०-ले जीतको अवधि म्याचको अन्तिम क्षणमा नेमारको दाहिने खुट्टामा चोट लागेको थियो अनि त्यही चोटले गर्दा उनले दोस्रो म्याच खेल्न सक्नेछैनन्। ब्राजील टीमका चिकित्सक रोड्रिगो लेसमरले उनको दाहिने खुट्टाको टेस्ट गराए अनि चोट निको हुन समय लाग्ने हुनाले नेमार सोमवार स्विट्जरल्याण्ड विरुद्ध खेलिने म्याचबाट बाहिर भएका छन्। लेसमरले भने, संयमको साथ काम गर्नु पर्नेछ। सटीक फसेला लिन उनको चोटमाथि हरेक दिन नजर राखिनेछ। टुर्नामेण्टका अन्य म्याचहरूमा खेल्न उनी सम्पूर्ण रूपले फिट हुनु जरूरी छ।

नेमार झैं देब्रे खुट्टाको चोटले गर्दा डिफेण्डर डानिलो पनि दोस्रो म्याचबाट बाहिर भएका छन्। चोटको जाँचपछि टीमको होटलमा नेमारको उपचार चलिरहेको छ। सर्बिया विरुद्ध म्याचको दोस्रो हाफमा नेमारलाई चोट लागेको थियो। त्यसपछि उनलाई डगआउटको बेञ्चमा रुँदै गरेको देखिएको थियो। नेमारले इन्स्टाग्राममा लेखेका छन्, विश्वास राख्नुहोस्। सबै ठीक हुनेछ भन्ने विश्वास राख्नु जरूरी छ। सर्वश्रेष्ठ प्रदर्शन अहिले बाँकी नै छ। ब्राजीलका प्रशिक्षक टिटेलाई नेमारले वर्ल्ड कपमा खेल्न जारी राख्ने विश्वास छ। उनले भने, नेमारले वर्ल्ड कपमा खेल्नेछन्। मलाई पूर्ण विश्वास छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement