इस्लामपुर- इस्लामपुरमा तनाव घरायसी जग्गा विवादका कारण उत्तर दिनाजपुर जिल्लाको इस्लामपुर थानाको मोहब्बतपुरमा आगजनी र तोडफोड भएपछि तनाव फैलिएको छ । एकअर्कामाथि आरोप–प्रत्यारोपले हिंसात्मक आक्रमणमा परिणत भएको छ । उक्त घटनामा एक महिला घाइते भएको बताइएको छ जसको इस्लामपुर उपविभागीय अस्पतालमा उपचार भइरहेको छ । अर्कोतिर आगजनीको घटनाका कारण खोपडीमा राखिएको पुरै धान जलेर खरानी भएको छ । घटनाको जानकारी पाएलगत्तै इस्लामपुर प्रहरी चौकी घटनास्थलमा पुगेको थियो ।










