सिलगढी– एउटा टिनको घर भीषण आगलागीमा जलेर खरानी भएको छ । घटना शुक्रबार राति सिलगढी महानगरीय प्रहरीको नयाँ जलपाइगढी थाना अन्तर्गत फूलबारी २ ग्राम पञ्चायतको जोरपाकुरी क्षेत्रमा भएको हो। एकैछिनमा घरको सबै सामान जलेर नष्ट भयो । खबर पाएलगत्तै फुलबारीबाट दमकलको टोली घटनास्थल पुगेको थियो । स्थानीय बासिन्दा र दमकलको प्रयासमा आगो अन्ततः नियन्त्रणमा आएको थियो । यद्यपी आगलागीको वास्तविक कारण भने खुल्न सकेको छैन।









