२६ नोभेम्बरः फीफा वर्ल्ड कप २०२२-मा ईंग्ल्याण्ड र अमेरिकाबीच खेलिएको म्याच गोलरहित ड्र (०-०)-मा समाप्त भयो। शुक्रवार अबेर राति अल बायेत स्टेडियममा खेलिएको ग्रुप बी-को यस म्याचमा दुवै टीमका खेलाड़ीहरूले गोल गर्ने मौकाहरू बनाए तर कुनै पनि टीमले गोलको खाता चाहिँ खोल्न सकेन। म्याचमा ईंग्ल्याण्डका समर्थकहरूलाई कप्तान ह्यारी केनबाट असल प्रदर्शनको आशा रहेको थियो तर उनको प्रदर्शन औसत रह्यो। आफ्नो पहिलो म्याचमा वेल्स विरुद्ध असल प्रदर्शन गर्ने अमेरिकाले ईंग्ल्याण्ड विरुद्ध पनि लड़ाकू प्रदर्शन गऱ्यो। पहिलो हाफको पहिलो ४० मिनटमा अमेरिकाको तर्फबाट क्रिस्टियन पुलिसिचले प्रभावशाली प्रदर्शन गरे। उनले एउटा शट् क्रसबारमा लागेर फर्कियो। ग्रुप बी-मा अहिले ईंग्ल्याण्ड २ वटा म्याचमा ४ पोइण्टको साथ शीर्षमा रहेको छ। यसरी नै ईरान ३ पोइण्टको साथ दोस्रो अनि अमेरिका २ पोइण्टको साथ तेस्रो स्थानमा रहेको छ।










