कोलकाता: सुरेन्द्रनाथ कलेजका दोस्रो वर्षका विद्यार्थीको झुण्डिएको मृतदेह न्यूटाउन शापुरजी आवासको भवन नम्बर बि१५२ को कोठा नम्बर ४०४ बाट फेला परेको छ। मृतक युवकको नाम प्रियांशु पल (१९) रहेको बताइएको छ भने उनी सिलगढीका बासिन्दा थिए। जानकारी अनुसार प्रियांशु पाल नवम्बरको पहिलो सातामा यहाँ आएका थिए। त्यस फ्ल्याटमा उनीसँगै अर्को साथी पनि थिए।हिजो दिउँसोको खाना खाएर दुवै सुत्न गए। त्यसपछि राती प्रियांशु फ्ल्याटको खाने कोठामा डोरीमा झुण्डिएको अवस्थामा फेला परेका थिए। सूचना पाउने बित्तिकै पुलिस घटनास्थलमा पुगेर मृतदेह नियन्त्रणमा लिएर पोस्टमार्टमका लागि पठाइयो। पुलिसले यस घटनाको अनुसन्धान शुरु गरिकेको छ।









