फीफा वर्ल्ड कपः अर्जेण्टिना विरुद्ध जीतको निम्ति प्रत्येक खेलाड़ीलाई रोल्स रोयस कार

IMG-20221126-WA0073.jpg

२६ नोभेम्बरः अर्जेण्टिना विरुद्ध फीफा वर्ल्ड कपको म्याचमा जीतको खुशीयाली अहिले सऊदी अरबमा धुमधानसँग मनाइँदैछ। यसै क्रममा सऊदी अरबका युवराज मोहम्मद बिन सलमान पनि आफ्ना साथीहरू अनि परिवारका सदस्यहरूसँग राष्ट्रिय टीमको जीतको खुशीयाली मनाउँदै गरेको देखिए। सऊदी सरकारले जीतको खुशीयाली मनाउन सोमवार सार्वजनिक अवकाशको घोषणा गरेको थियो। यसपाली अझ एउटा ठूलो घोषणाले सबैको ध्यान आकर्षित गरेको छ। सऊदी अरबको सरकारले अर्जेण्टिना विरुद्ध सऊदी अरबको यादगार जीतमा सामेल रहने राष्ट्रिय टीमका खेलाड़ीलाई रोल्स रोयस फेण्टम गाड़ी उपहारमा दिने घोषणा गरेको छ। अर्जेण्टिना विरुद्ध म्याचमा एक समय १-०-ले पछि रहे पनि सऊदी अरबले असाधारण पुनरागमन गर्दै २-१-ले जीत हासिल गरेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement