फीफा वर्ल्ड कपः नीदरल्याण्ड्स र इक्वाडोरबीच म्याच १-१-ले ड्र

IMG-20221126-WA0055.jpg

२६ नोभेम्बरः स्ट्राईकर इनेर भालेन्सियाको फीफा वर्ल्ड कपमा तेस्रो गोलको सहायताले इक्वाडोरले शुक्रवार राति खेलिएको म्याचमा नीदरल्याण्ड्सलाई १-१-को ड्र-मा रोक्यो। यी दुई टीमबीच खेलिएको म्याच ड्र रहनको साथै आयोजक कतर चाहिँ टुर्नामेण्ट शुरु भएको एक हप्ता भित्रै बाहिर भयो। ग्रुप ए-मा नीदरल्याण्ड्स र इक्वाडोरको ४-४ पोइण्ट पुग्यो जबकि दुवै म्याच हारेको हुनाले कतरको झोली खाली रहेको छ। खलीफा इण्टरनेशनल स्टेडियममा खेलिएको यस म्याचमा डच टीमले ५५ प्रतिशत पोजेशनको साथ खेले पनि विपक्षी नेटमा शट् हिर्काउने मामिलामा इक्वाडोर धेरे अघि रह्यो। कोडी गाकपोले नीदरल्याण्डलाई छैटौं मिनटमै बढ़त दिलाएपछि रहल समयमा इक्वाडोर हावी रह्यो। मध्यान्तरको ठीक पछि ४९औं मिनटमा भालेन्सियाले गोल गरी आफ्नो टीमलाई १-१-को बराबरीमा पुऱ्याए। आयोजक कतर विरुद्ध आइतवार भएको उद्घाटन म्याचमा २ गोल गर्ने भालेन्सियाले २०१४ पछि वर्ल्ड कपमा इक्वाडोरको निम्ति जम्मै ६ वटा गोल गरेका छन्। आत्मविश्वासी इक्वाडोरले अब मंगलवार खेलिने म्याचमा सेनेगलको चुनौती स्वीकार्नेछ अनि अघिल्लो राउण्डमा पुग्न उनीहरूलाई केवल ड्र-को आवश्यकता छ। यसरी नै डच टीमले कतरको चुनौती स्वीकार्नेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement