फीफा वर्ल्ड कपः सेनेगल विरुद्ध हारको साथ आयोजक कतर बाहिर

IMG_20221126_100235.jpg

२६ नोभेम्बरः फीफा वर्ल्ड कप २०२२-मा आयोजक कतर ट्रफी जित्ने रेसदेखि बाहिर भयो। शुक्रवार राति खेलिएको ग्रुप ए-को म्याचमा कतरलाई सेनेगलले ३-१-ले पराजित गऱ्यो। कतरको यो टुर्नामेण्टमा लगातार दोस्रो हार हो। त्यसपछि नीदरल्याण्ड्स र इक्वाडोरबीच खेलिएको यसै ग्रुपको अन्य एउटा म्याच १-१-ले ड्र हुनको साथै कतर पहिलो राउण्डमै बाहिर भयो। यसरी गत १२ सालदेखि वर्ल्ड कपको तयारी गरिरहेको कतरको टीम एक हप्तामै बाहिर भयो। यसको साथै फीफा वर्ल्ड कपको ९२ सालको इतिहासमा कतर सबैभन्दा खराब प्रदर्शन गर्ने आयोजक टीम बन्यो। पहिलो म्याचमा उनीहरू इक्वाडोर विरुद्ध २-०-ले पराजित भएका थिए।
आफ्नो पहिलो म्याचमा नीदरल्याण्ड्स विरुद्ध पराजित हुने सेनेगलसँग यस म्याचमा जीत हासिल गर्नु बाहेक अरू कुनै उपाय थिएन। अल थुमामा स्टेडियममा ५५ प्रतिशत पोजेशनको साथ खेल्ने सेनेगललाई बुलाये डियाले मध्यान्तरको ठीक अघि बढ़त दिलाए। त्यसपछि दोस्रो हाफको शुरुमै (४८औं मिनट) फामारा डेढिउले स्कोरलाई सेनेगलको पक्षमा २-० पुऱ्याए। सब्स्टीट्यूड खेलाड़ीको रूपमा मैदानमा ओर्लिने मोहम्मेद मुनतारीले ७८औं मिनटमा गोल गरी कतरको निम्ति सम्भावना सृष्टि गरे पनि लगत्तै ६ मिनटपछि सेनेगलका बाम्बा डिएंगले गोल गरी स्कोर ३-१ पुऱ्याए। फीफा वर्ल्ड कप २०१०-को आयोजक दक्षिण अफ्रिका ग्रुप चरणमै बाहिर हुने एकमात्र आयोजक टीम थियो। त्यस समय दक्षिण अफ्रिकाले तीनवटा म्याचमा एउटा म्याच जित्नको साथै एउटा ड्र गरेको थियो। यसपाली कतरले पहिलोपल्ट वर्ल्ड कपको आयोजनमाथि २२० अरब डलर खर्च गऱ्यो तर उनीहरू एउटा विश्व स्तरीय टीम उतार्न चाहिँ व्यर्थ रहे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *