नाम्चीमा दुई दिवसीय जागरूकता, उत्पाद निर्माण प्रदर्शन एवं प्रशिक्षण कार्यक्रम आयोजित

IMG_20221125_192936.jpg

नाम्ची: नाम्चीको जिल्ला भवनको सम्मेलन हलमा आयोजित दुई दिवसीय जागरूकता, उत्पाद निर्माण प्रदर्शन एवं प्रशिक्षण कार्यक्रम समाप्त भयो। उक्त कार्यक्रम वाणिज्य एवं उद्योग विभाग अधीनस्थ एमएसएमईले चेन्नाई आधारित भारत सरकारको सीएलआरआईको सहयोगमा गरेको थियो।

यस अवसरमा कृषक कल्याण बोर्डका चेयरमेन फुर्देन लेप्चा मुख्य अतिथि र नाम्चीका एडीसी अनन्त जैन विशिष्ट अतिथि थिए। कार्यक्रमको उद्देश्य विद्यार्थीहरू, युवाहरू, आकांक्षी उद्यमीहरू र एसएचजीका सदस्यहरूलाई आत्मनिर्भर बनाउनु तथा छाला र गैर-छालाहरूको उत्पादनमा निपुण बनाउनु रहेको बताइएको छ।

विशिष्ट अतिथि एडीसी जैनले प्रतिभागीहरूलाई आफ्नो रूची छाला र गैर-छाला उत्पादनमा बढाउन अपील गरे। उनले छालाको उत्पादहरूको व्यापार फाइदाजनक हुने पनि बताए।

यसै गरी, मुख्य अतिथि लेप्चाले स्वयं सहायता समूहका सदस्यहरूलाई गाउॅं-घरमा लघु उद्योग ल्याउन आह्वान गरे। उनले निकट भविष्यमा सदस्यहरूलाई प्रशिक्षण प्रदान गर्ने पनि आश्वासन दिए।

प्रशिक्षणमा २९ जना सहभागी बनेका थिए। प्रतिभागीहरूले प्रशिक्षण फलदायी रहेको र निकट भविष्यमा यसलाई उपयोगमा ल्याउने बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement