सिक्किम लेप्चा एसोसिएशनले एलटीभीसीका प्रतिनिधि येहाङ चोङले दिएको बयानको भत्सर्ना

img_1_1669390828361.jpg

गान्तोक। सिक्किम लेप्चा एसोसिएशनले एलटीभीसीका प्रतिनिधि येहाङ चोङले दिएको बयानको भत्सर्ना जनाउॅंदै उनको बयान आधारहीन र भ्रामक रहेको बताएको छ। एसोसिएशनको बिहीवार गान्तोकमा बसेको बैठकले यस्तो निर्णय लिएको छ।

एसोसिएशनका उपाध्यक्ष नामग्याल लेप्चाद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, सिक्किम लेप्चा एसोसिएशनको हिजो गान्तोकमा बैठक बस्यो, जसमा एलटीभीसीका प्रतिनिधि येहाङ चोङको आधारहीन र भ्रामक बयानको भत्सर्ना जनायो। ऐतिहासिक, कानूनी, भाषिक र मानवशास्त्रीय रूपमा सम्पूर्ण विश्वलाई लेप्चा आदिवासी जनजाति समुदायको अद्वितीय इतिहास र परिचयको राम्रो ज्ञान छ।

उनले समुदायका सम्पूर्ण सदस्यहरूलाई सिक्किमे समाजमा साम्प्रदायिक सद्भाव कायम राख्ने अपील गर्दै यस्ता आधारहीन अनि भ्रामक बयानहरूबाट दिग्भ्रमित नबन्ने अपील गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement