टिंगलिंगमा च्याम्पियन्स कपः केएफसी जूनियर विजयी

IMG_20221126_000845.jpg

२५ नोभेम्बरः नमुना परिवार, टिंगलिंग चियाबारीको तत्त्वावधानमा आयोजित च्याम्पियन्स कप खुल्ला नगद राशि नक्आउट फूटबल टुर्नामेण्टमा शुक्रवार दोस्रो राउण्डको एउटा म्याच खेलियो। स्थानीय गढ़ी खेल मैदानमा भएको म्याचमा कञ्चनजंघा फूटबल क्लब (केएफसी)-को जूनियर टीमले ताराबारी एफसी-लाई २-०-ले पराजित गऱ्यो। विजेता टीमबाट दर्पणले १४औं र निकेशले ५९औं मिनटमा गोल गरे। शनिवार दोस्रो राउण्डको दुईवटा म्याच खेलिनेछ। पहिलो म्याचमा किशालय सिलगढ़ी र गढ़ी स्पोर्टिंग क्लबबीच भिड़न्त हुनेछ। यसरी नै दोस्रो म्याच पानीघट्टा एफसी र सिंगबुली युनाइटेडबीच खेलिनेछ। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ८० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक नमुना परिवार टिङलिङको पक्षमा बिपेन थापाले जनाएका छन्।

About Author

Advertisement