दीपेन ठकुरी विरूद्व सदर थानामा एफएआर दर्ता

प्रशासनले ठकुरीको सदस्यता खारिज गर्न पर्छ: हाम्रो पार्टी

दार्जीलिङ: दीपेन ठकुरी विरूद्व सदर थानामा एफएआर दर्ता।हाम्रो पार्टीको नगरपाषर्दिकालाई दीपेन ठकुरीले रूपियाँ पैसाको प्रलोभन देखाएको सदर थानामा उक्त महिला नगरपाषर्दिकाले ठकुरी विरूद्व एफएआर दर्ता गरेको छ।समाजिक संजालहरूमा दार्जीलिङ नगरपालिकाको वार्ड नम्बर २ को नगरपार्षद दीपेन ठकुरीले हाम्रो पार्टीको नगरपाषर्दिकालाई फोन गरेर रूपियाँ पैसाको प्रलोभन देखाउँदै उनीहरूसंग जोडने आहवान गरेको अडियो फुटेज भाइरल भएपछि आज हाम्रो पार्टीको नगरपाषर्दिकाले सदर थानामा एफएआर दर्ता गरेको हाम्रो पार्टीले जनाएको छ।सदर थानामा दीपेन ठकुरी विरूद्व एफएआर दर्ता गरेपछि पत्रकारहरूसंगको कुराकानीमा हाम्रो पार्टीले एक नगरपार्षदले अर्को निर्वाचित नगरपाषर्दिकालाई रूपियाँ पैसाको प्रलोभन देखाएकोमा एफएआर दर्ता गरेको जानकारी गराए।नगरपार्षद दीपेन ठकुरीको नगरपाषर्द को सदस्यता प्रशासन अविलम्ब खारिज गरिनु पर्ने मांग पनि गरेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *