गान्तोक: मन्त्री भीम हाङ लिम्बूले हिजो नम्बूमा सञ्चालित स्वास्थ्य एवम कल्याण केन्द्रको भ्रमण गरे। भ्रमणको क्रममा मन्त्री लिम्बूलाई दराप सिङपेहेङ ग्राम पञ्चायत यूनिटकी सभापति लगायत अन्यहरूले स्वागत जनाए। यस अवसरमा उनले उक्त केन्द्रका अधिकारीहरूको समस्या र गुनासो सुनेपछि सबै समस्या शीघ्र समाधान गरिदिने आश्वासन दिए। विशेष गरेर उक्त केन्द्रको पछिलो भागमा सुरक्षा पर्खाल लगाउनु पर्ने साथै शीघ्र मरम्त गरिनु पर्ने समस्या मन्त्री समक्ष अधिकारीहरूले राखेका थिए। त्यसपछि उनले प्रस्तावित ग्राम प्रशासन केन्द्र स्थलको पनि निरीक्षण गरे। मन्त्रीले नम्बू जीपीयूका पञ्चायतहरूलाई ग्राम प्रशासन केन्द्र निर्माणको निम्ति शीघ्र पहल गर्नु पर्ने सुझाउ दिएका छन्।









