जिल्ला पुलिसको तर्फबाट नशामुक्त पानीट्याङ्की बनाउने उद्देश्यले आलोचना सभाको आयोजना

20-36-20-bf2784d0-1d55-4d7b-94f9-5224b3085b47-1024x576.jpg

सिलगढी: स्वयमसेवी संगठन तथा समाजसेवीहरूलाई लिएर आज दार्जिलिङ जिल्ला पुलिसले नशामुक्त पानीट्याङ्की बनाउने लक्ष्य राखेर आलोचना सभाको आयोजना गर्यो। आज खोरीबारी पुलिसको पानीट्याङ्की आउटपोस्टमा यो सभाको आयोजना गरिएको‌ थियो। यस सभामा एसएसबी तथा प्रशासनका अधिकारीहरू लगायत विभिन्न स्वयम्सेवी संगठनका सदस्यहरू उपस्थित थिए। यसको साथै जिल्ला पुलिसको अतिरिक्त पुलिस सुपर मनोरञ्जन घोष, एसडीपीओ नक्सलबारी अचिन्त्य गुप्ता, सीआई नक्सलबारी सुदीप्त सरकार लगायत एसएसबी तथा महकुमा परिषद् एवम् ग्राम पञ्चायतका सदस्यहरू उपस्थित थिए। जिल्ला अतिरिक्त पुलिस सुपरले भने, आजको आलोचना सभामा नशा मुक्त पानीट्याङ्की बनाउने विषयमा सबैसित चर्चा परिचर्चा गरियो। मुख्यतः पानीट्याङ्की इलाकालाई सम्पूर्ण रूपमा कसरी नशामुक्त बनाउन सकिन्छ भन्ने विषयमा चर्चा गरियो। जनसाधारणको कुरा सुनेर नशामुक्तिको लागि इलाकामा नशामुक्त सेन्टर बनाउने आवेदन गरिएको तिनले बताए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *