दार्जिलिङ अर्गेनिक टी कम्पनीको चारवटा चिया बगान बारे मालिक पक्षसित समझौता

20-31-44-DARJ.jpg

दार्जिलिङ: अर्गेनिक टी कम्पनीको १० वटा चिया बगानहरू मध्ये चारवटा चिया बगानलाई लिएर आज समझौता भयो। यो १० वटा चिया बगानमा विविध समस्याहरू रहेको थियो।६ वटा चिया बगानहरू लेमन ग्रास कम्पनीले लिएको चर्चामा आएपछि पहाडको श्रमिक संगठनहरूले दार्जीलिङ अर्गेनिक टी कम्पनी अधीनस्थ चिया बगानहरू कुनै पनि कम्पनीहरूले लिएको खण्डमा श्रमिकहरूले पाउनु पर्ने साहुलियतहरू बारे श्रमिक संगठनहरूसँग सम्झौता गर्नपर्छ भन्दै आइरहेका थियो। यसै विषयलाई ध्यानमा राखेर आज दार्जिलिङ टी एसोसिएशनमा एउटा बैठक बोलाइएको थियो।यस बैठकमा एसोसिएशनका सदस्यहरू लगायत श्रमिक संगठनहरूको उपस्थिति रहेको थियो। बैठक अवधि अर्गेनिक टी कम्पनीको १० वटा चिया बगानहरू मध्ये ४ वटा चिया बगानबारे सम्झौता भएको हाम्रो पार्टीको श्रमिक संगठन हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक सङ्घको केन्द्रीय अध्यक्ष डीके गुरूङले जानकारी दिएका छन्। तिनले बताए अनुसार यी बगानहरूमा मुण्डा कोठी, नागरी मंगरजुङ, हेप्पी भ्याली र चुङथुङ चिया बगान बारे आउँदो सोमबारदेखि सञ्चालन गरिने विषयमा सम्झौता भएको छ। यी चिया बगानहरूमा कार्यरत श्रमिकहरूको आठ सप्ताहको रोजी अनि चार महिनाको वेतन तीन किस्तामा वितरण गरिने पनि आजको सभामा सम्झौता भएको तिनले बताए। त्यसरी नै अवकाश प्राप्त श्रमिकहरूको ग्रेजुटी लगायत अन्य विषयहरूमा पनि श्रमिक संगठनहरूसँग बसेर जरूरी भुक्तान गर्दै जाने आजको सभामा निर्णय लिएको छ। यसवाहेक, भोली शनिबार अझ दुईवटा चिया बगानबारे बैठक गरेर सम्झौता हुने भएको तिनले बताएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *