खरसाङमा ‘हमजायेगा हुन्छु म पनि’ फिल्मको प्रिमियर सम्पन्न

00-1-Ham-jayegaa-1

यो फिल्म एकदमै राम्रो बनेको छ: अनित थापा

खरसाङ: आज खरसाङमा हमजायेगा हुन्छु म पनि फिल्मको प्रिमियर सम्पन्न भएको छ। खरसाङको गिध्द पहाड़स्थित सिनेमा हलमा ‘हमजायेगा हुन्छु म पनि’ फिल्मको प्रिमियर सम्पन्न भएको छ भने आजदेखि यो फिल्म खरसाङको जनसाधारणके लागि चल्ने भएको छ। यस फिल्मको प्रिमियर कार्यक्रममा प्रमुख रूपमा जीटीए चिफ् एक्जीक्युटिभ अनित थापा उपस्थित रहेका थिए। उनीसितै नारी शक्ति केन्द्रीय समितिको अध्यक्षा अनु प्रधान, भगोप्रमो दार्जिलिङ महकुमाको सभापति आलोक कान्तमणि थुलुङ लगायत खरसाङ क्षेत्रका कलाकारहरू र विभिन्न क्षेत्रका व्यक्तिहरू उपस्थित थिए। यस फिल्मको प्रिमियर कार्यक्रममा आकाशवाणी खरसाङको कार्यक्रम प्रमुख पारसचन्द्र आले, संगीतकार महेश्वर लामा र सहदेव चामलिङ लगायत अन्यहरू उपस्थित रहेका थिए भने फिल्मको निर्देशक आदित्य राय, छाँयाकार बिनय शंकर हमजायेगाको मुख्य रोलमा रहेका कलाकार जीवन गुरुङ लगायत फिल्मका नायक र नायिकाहरू एंव अन्य कलाकारहरू साथै वैष्णवी प्रोडक्शनका कालकारहरू उपस्थित रहेका थिए। फिल्म हेरेपछि जीटीए चिफ् अनित थापाले पत्रकारहरूलाई सम्बोधन गर्दै यो फिल्म एकदमै राम्रो रहेको बताएका छन्। उनले हाम्रै पहाड़का वरिष्ठ कलाकारहरू समावेस भएको लोकल टेस्ट भएको फिल्म रहेको र यसले फिल्ममा हुन पर्ने सबै राम्रो भएको छ जस्तै क्यामेरादेखि लिएर सबै राम्रो रहेको बताउँदै यो फिल्म पूर्ण रुपले कम्प्लेट मनोरञ्जनको प्याकेज रहेको बताएका छन्। अनित थापाले अघि भने, ‘फिल्म शुरु भएकोदेखि मैले हेरिञ्जेलसम्म एकछिन् पनि बोरिङ भएन। पहाड़का पुराना र वरिष्ठ कलाकारहरू रहेकोले उनीहरूको कलाकारितामाथि बोल्ने शब्द हुँदैन। तर नयाँ कलाकारहरूले उनीहरूबाट केही सिक्नुपर्छ। म आफै पनि फिल्म छायाँकन गरिएको स्थान घुमेर आएकोले मलाई झनै टज गरेको छ। आज आधा मात्रै हेरेको छु तर म यो फिल्म पूरै हेर्नछु।’
अर्कोतिर ‘हमजायेगा हुन्छु म पनि’ फिल्मको निर्देशक आदित्य रायले पत्रकारहरूसित कुराकानी गर्दै आजदेखि खरसाङमा प्रिमियर भएर फिल्म शुरु गरिएको र आज यहाँ दर्शकहरूले राम्रो माया दिएको बताएका छन्। उनले यस फिल्म जति दिनसम्म चल्नुसक्छ त्यो दर्शकको हातमा नै छ, त्यसैले यस फिल्मलाई माया गरिदिने निवेदन गर्दै यो फिल्म खरसाङबाहेक अन्यतिर पनि लाने साथै दार्जीलिङमा पनि पुन: देखाउने जानकारी गराएका छन्। निर्देशक आदित्य रायले अहिले डिजिटल युगमा फिल्म पूरा चल्दै गइरहेको छ तर हाम्रोतिर भर्खरै यो क्षेत्रमा कार्य हुन थालेको र स्थानीय सरकारले पनि कलाकारहरूलाई प्रोत्साहन दिन थालेकोले फिल्म क्षेत्र बढ्दै गईरहेको छ जुन हामी कलाकारहरूको लागि राम्रो खबर रहेको बताएका छन्। उनले स्थानीय कलाकारहरू रहेको स्थानीय फिल्मलाई दर्शकहरूले माया गरिदिनु पर्ने आह्वान् पनि गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement