रतन टाटाको बायोपिक बन्ने ! यही वर्षबाट सुटिङ शुरु हुँदै

00-Ratan-Tata

देशका ठूला व्यक्तिको कथामा आम जनतालाई निकै चासो छ, तर रतन टाटाको बायोपिकको प्रतिक्षामा जनता उत्सुक छन्। टाटा समूह आज भारतको सबैभन्दा ठूलो व्यापार समूह मध्ये एक हो। सबैले रतन टाटालाई देखिरहेका छौं र त्यसअघि जमशेदजी टाटाले टाटा समूह शुरु  गरेका थिए। रिपोर्ट बाहिर आएको छ, जसमा टाटा समूहका पूर्व अध्यक्ष रतन टाटामाथि फिल्म बन्न लागेको बताइएको छ। मिडिया रिपोर्टअनुसार अवार्ड विजेता फिल्ममेकर सुधा कोंगारा यो बायोपिक बनाउन लागेकी छिन्।

अब फिल्मसँग सम्बन्धित एक स्रोतले मिडियासँग कुरा गरेको छ, जसमा उनले आउँदो  फिल्मका बारेमा धेरै खुलासा गरेका छन्। चलचित्रको छायांकन २०२३ को अन्तिममा शुरु हुनसक्ने स्रोतले जनाएको छ। फिल्मको रिसर्चको काम पूरा भइसकेको छ। देशका सबैभन्दा ठूला उद्योगपति रतन टाटामाथि फिल्म बनाउन पाउनु गौरवको कुरा हो। रिपोर्टका अनुसार निर्माताहरू यस फिल्म मार्फत रतन टाटाको जीवनसँग सम्बन्धित केही विशेष कुराहरू हाइलाइट गर्न चाहन्छन्, जसको बारेमा धेरैलाई थाहा छैन। निर्माण पक्षले फिल्मको स्क्रिप्टमा काम गर्न थालेको पनि समाचारमा जनाइएको छ। मिडिया रिपोर्टका अनुसार यस फिल्मका लागि अभिषेक बच्चन र साउथ सुपरस्टार सुर्याको नामको चर्चा भइरहेको छ। तर, यस विषयमा अहिलेसम्म कुनै आधिकारिक घोषणा गरिएको छैन। रतन टाटामा बन्ने यो फिल्मको फ्यानहरु उत्सुकताका साथ पर्खिरहेका छन्। रतन टाटालाई सन् २००८ मा पद्मविभूषणबाट सम्मानित गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement