दानपामा हामी बोर्ड गठन गर्दैछौ, शीध्र तिम्रो पैसा मांगेर राखी दिन्छु
दार्जीलिङ: दीपेन ठकुरीले हाम्रो पार्टीको नगरपाषर्दिकालाई रूपियाँ पैसाको प्रलोभन देखाउँदै गरेको फोन रिकार्ड भयो भाइरल।हाम्रो पार्टीको ब्यार्नर बाट निर्वाचित भएका दार्जीलिङ नगरपालिकाको वार्ड नम्बर २ को नगरपार्षद दीपेन ठकुरीको फोन रिकार्ड भाइरल भएको छ।दीपेन ठकुरी लगायत पाँच जना नगरपार्षदहरूले हिज विहिबार भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएपछि दार्जीलिङ नगरपालिकामा बोर्ड गठन दिशामा लागि परेका छन। दीपेन ठकुरीले हाम्रो पार्टीको एक नगरपाषर्दिकालाई फोन गरेर दार्जीलिङ नगरपालिकामा अब हामी बोर्ड गठन गर्दैछौ, हाम्रो बोर्ड गठन भएपछि हामी सवैको निम्ति बले बले हुनेछ भन्दै हामीसंग आउँ भनेका छन। भाइरल भएको फोन रिकार्डमा दीपेन ठकुरीले महिला नगरपाषर्दिकालाई रूपियाँ पैसा जे जति हुन्छ हामी बाँटेर खानेहरू हौ तिमी आज नै सिलगढी आउँ तिम्रो भाग मांगेर राखी दिन्छु समेत भनेका छन। फोन रिकार्ड मा दीपेन ठकुरीले हाम्रो पार्टीको महिला नगरपाषर्दिका लाई नानी भन्ने शब्द प्रयोग गरेको छ। हेर नानी यो तिम्रो लागि ठूलो अवसर हो, यो अवसरलाई तिमी नगुमाउँ, तिम्रो पढदै गरेको नानीको भविष्यलाई सम्झेर, आज नै सिलगढीको गाडीमा चढेर आउँ, हामी तिमी लाई सिलगढीको दार्जीलिङ मोडमा रिसिफ गर्ने छौ, लुगा फाटा केही नलिइ आउँ, हामी यहाँ नै सवै किनि दिने छौ समेत भनेका छन। स्मरण रहोस हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले पहाडमा रूपियाँ पैसाको प्रलोभन देखाउँदै जनताको मत फटाफट किन्ने काम हुदैछ गणतन्त्रको मर्मत हत्या हुदैछ भन्ने आरोपहरू लगाउँदै आई रहेका छन।









