सिक्किम विश्वविद्यालयमा दुईदिने राष्ट्रिय सम्मेलन

00-SU

गान्तोक: सिक्किम विश्वविद्यालयको राजनीति विज्ञान विभागले भारत सरकारको राजीव गान्धी राष्ट्रिय युवा विकास संस्थान, सिक्किम मणिपाल विश्वविद्यालयको मानविकी तथा समाज विज्ञान विभाग तथा भारतीय राजनीतिक सङ्घ अनि नेत्र फाउण्डेशनको सहयोगमा २५ र २६ नोभेम्बरको दिन दुई दिने राष्ट्रिय सम्मेलन आयोजन गरिरहेको छ। सिक्किम मणिपाल विश्वविद्यालयको प्रेक्षागृहमा २५ नोभेम्बरको दिन आयोजित उद्घाटन समारोहमा आरजीएनआइवाईडी, श्रीपेरम्बुर, तमिलनाडुको स्थानीय शासन विभागका प्रमुख प्रो. इन्दरजीतसिंह सोढी, सीसीएस विश्वविद्यालयका प्रोफेसर सञ्जीवकुमार शर्मा तथा सिक्किम मणिपाल विश्वविद्यालयका उपकूलपति लेफ्टिनेन्ट जेनरल डा. राजन एस ग्रेवालका साथमा अन्य अतिथिगण, सङ्काय सदस्य अनि सिक्किम विश्वविद्यालय तथा सिक्किम मणिपाल विश्वविद्यालयका विद्यार्थीहरू उपस्थित थिए। यस अवसरमा आधार व्याख्यान उत्तरबङ्ग विश्वविद्यालयका पूर्व उपकूलपति तथा कलकत्ता विश्वविद्यालयका प्रोफेसर समीरकुमार दासले प्रस्तुत गरे।

कोभिड-१९ ले सिर्जना गरेको वैश्विक महामारीको परिणामस्वरूप विश्वभरी लोकतान्त्रिक विस्तारमाथि सम्भावित नाट्यकारी प्रभावका साथ कार्यपालिकाको शक्तिमा व्यापक विस्तार भएको छ। महामारीविरुद्ध प्रतिक्रियाको रूपमा विश्वका अधिकांश मुलुकले जनभेलाका साथै नागरिकहरूको आवागमनको स्वतन्त्रतामाथि रोक लगाएको छ भने पचासभन्दा धेरै देशले आपातकालीन स्थितिको घोषणा गरेका छन्।

कार्यपत्र प्रस्तोताहरूले दक्षिण एशियामा शासनतन्त्रको अध्ययनको नयाँ अनि उर्वर भूमिको सीमा तोड्ने बहसको मानचित्रण गर्नेछन्। कोभिड-19 महामारीले लगाएको आपातकालीन स्थितिमा असीमित रूपमा मिश्रित स्तरमा आवश्यक कार्वाही अनुसार विविध कारकको सहभागिता आवश्यक तुल्याएको छ। आपातकालीन शासनका सबै क्षेत्र एमएलदीद्वारा प्रभावित छ। कोभिड-19 महामारीको समय, अनेकौं नागरिक सङ्गठनले अरू व्यापक सामुदायिक कार्वाही अनुसार स्वयंलाई ढाल्न थालेका छन्। महामारीको आपातकाललाई सम्बोधित गर्ने क्रममा नागिरक समाज सङ्गठनहरूले स्थानीय समुदायको चिन्तासित सीधै सम्बन्धित गतिविधिका लागि नयाँ प्रकारको वैधता निर्माण गरेका छन्। यस प्रकारका नागरिक पहलले महामारीको गम्भीरतालाई घटाउन, सरकारको विफलताको प्रतिरोध तथा प्राधिकारीहरूलाई समुचित स्वास्थ्य एवं सामाजिक अनुक्रियाको दिशामा काम गर्न महत्त्वपूर्ण भूमिका खेल्दै आएका छन्।

सिक्किम विश्वविद्यालयको राजनीतिक विज्ञान विभागद्वारा भारत सरकारको राजीव गान्धी राष्ट्रिय युवा विकास संस्थान, सिक्किम मणिपाल विश्वविद्यालयको मानविकी तथा समाज विज्ञान विभाग तथा भारतीय राजनीतिक सङ्घ अनि नेत्र फाउण्डेशन, गुवाहाटीसँग संयुक्त रूपमा आयोजित राष्ट्रिय सम्मेलनको लक्ष्य शिक्षाविद, नागरिक समाजका विशेषज्ञ, भारतका साथै दक्षिण एशियाको सार्वजनिक अनि निजी क्षेत्रका प्रतिनिधिहरूलाई कोभिड-19 महामारीबाट सिकिएको पाठबारे अनुभव साझा गर्नका साथै शासन अनि शासनकलासित सम्बन्धित विभिन्न विषयबारे चर्चा गर्नुरहेको छ। पीआईबी

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement