सिलगढ़ी प्रीमियर लीगः सशस्त्र सीमा बलको रोमाञ्चक जीत

IMG-20221125-WA0240.jpg

२५ नोभेम्बरः सिलगढ़ी महकुमा क्रीड़ा परिषद (एसएमकेपी)-को तत्त्वावधानमा आयोजित सिलगढ़ी प्रीमियर लीग कम् नक्आउट फूटबल टुर्नामेण्टमा सशस्त्र सीमा बल (एसएसबी)-ले रोमाञ्चक जीत हासिल गऱ्यो। कञ्चनजंघा स्टेडियममा शुक्रवार भएको म्याचमा एसएसबी-ले विधान स्पोर्टिंग क्लबलाई २-१-ले पराजित गऱ्यो। विजेता टीमबाट म्याचमा जीत कुमार सिंह र अभिमन्यु पालले गोल गरे। विधान स्पोर्टिंग क्लबबाट सुभाष सिंघम सिंहले गोल गरे। एसएसबी-का अभिमन्यु पाललाई प्लेयर अव् द म्याच चयन गरियो। अब शनिवार खेलिने म्याचमा आठेरोखाई सरोजनी संघ र देशबन्धु स्पोर्टिंग क्लबबीच भिड़न्त हुनेछ। यस टुर्नामेण्टको निम्ति १० वटा टीमलाई स्थान दिइएको छ। टुर्नामेण्टका दुईवटा सेमिफाइनल ८ र ९ दिसम्बरमा खेलिनेछ। रेलिगेशन म्याच १० दिसम्बरमा खेलिनेछ। यसरी नै फाइनल ११ दिसम्बरमा हुनेछ। फाइनल म्याच ५ बजीदेखि कृत्रिम प्रकाशमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई पीसी मित्तल मेमोरियल च्याम्पियन ट्रफीको साथमा ७५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर अप् हुने टीमलाई सुलोचना देवी अग्रवाल मेमोरियल रनर अप् ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement