रायगञ्ज (उत्तरी दिनाजपुर): प्रशासनको निर्देशनमा जिल्ला सडक सुरक्षा समितिले यातायात मजदुर र फेरीवालाका लागि स्वास्थ्य शिविर आयोजना गरेको छ। रायगञ्ज नगर बस स्ट्यान्ड परिसरमा आयोजित उक्त शिविरमा ईएसडीओ किंशुक मैती, यातायात संगठनका प्रतिनिधि रवि लाहालगायतको सहभागिता रहेको थियो।शिविरमा यातायात मजदुर, फेरीवाला लगायत करिब २ सय जनाको निःशुल्क स्वास्थ्य परिक्षण गरिएको थियो। साथै उनीहरुलाई आवश्यकता अनुसार औषधि समेत वितरण गरिएको थियो। यस अवसरमा एसडीओले कामको चापका कारण यातायात मजदुर र फेरीवालाहरूले आफ्नो शरीरको हेरचाह गर्न नसकेको बताए। त्यसैले उनीहरुलाई स्वास्थ्यको दृष्टिकोणले सुरक्षित राख्न यो व्यवस्था गरिएको हो। यो शिविरलाई लिएर सबै उत्साहित छन्। अर्कोतर्फ, यातायात मजदुर र फेरीवालाहरुले यो पहलको प्रशंसा गरेका छन्।









