ठूलो परिमाणमा सागौनको काठ बरामद

IMG_20221125_180211.jpg

अलीपुरद्वार: कामाख्यागुरी मोबाइल रेन्जले गोप्य सूचनाको आधारमा कारबाही गर्दै अलिपुरद्वार जिल्लाको खोरारडंगा बजार नजिकैको इलाकाको एक घरबाट ठूलो परिमाणमा सागौनको काठ बरामद गरेको छ। गोप्य स्रोतबाट प्राप्त सूचनाका आधारमा कामाख्यागुरी मोबाइल रेन्जका रेन्जर उत्तमकुमार सरकार वनकर्मीसहितको टोलीले उक्त अपरेशन गरेको वन विभाग स्रोतले जनाएको छ ।यस अभियानमा वन विभागले करिब ६० हजार रुपैयाँ बराबरको काठ बरामद गरेको छ। यस सम्बन्धमा वन विभागले घरधनीलाई कानुनी सूचना जारी गरेको छ। वन विभागले चोरीका काठ विरुद्ध अभियान चलाएको रेन्ज अधिकृतले बताए। काठ तस्करीमा संलग्न व्यक्तिहरु पक्राउ परेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement