ट्याक्टरले ठक्कर, दुई जनाको मृत्यु

IMG_20221125_175231.jpg

रायगञ्ज (उत्तरी दिनाजपुर): रायगञ्ज थानाको बिन्दोल पञ्चायतको बहुरा गाउँमा शुक्रबार बिहान भएको दर्दनाक सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। जानकारीका अनुसार ३९ वर्षीय सुब्रत रोय सदाझैँ आज बिहान हिँड्न निस्किएका थिए। त्यतिबेला हरिनाथ पाण्डेले ट्याक्टर बोकेर हिडेका थिए। त्यही क्रममा ट्र्याक्टरले एक्कासी नियन्त्रण गुमाएर सुब्रतलाई ठक्कर दिँदा पल्टिएको थियो ।ट्याक्टरले किचेर चालकको घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटनापछि गम्भीर अवस्थामा रायगञ्ज मेडिकल कलेज अस्पताल लैजाँदै गर्दा बाटोमै सुब्रतको मृत्यु भएको हो। घटनापछि दुवै परिवारमा शोक छाएको छ। दुवै शवलाई पोष्टमार्टमका लागि पठाएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement