नशालु इन्जेक्सन सहित युवक पक्राउ

5079.jpg

सिलगढी: एकजना युवकलाई धेरै मात्रामा नशालु इन्जेक्सन सहित पक्राउ गरेको छ‌। पक्राउ गरेका सो युवकलाई आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेका युवक २० वर्षीय सुजन दासको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार हिजो साँझ सिलगढी थाना अन्तर्गत बाबुपाड़ाको आनन्द मोहन बोस रोडस्थित अँध्यारो सुनसान गल्लीमा सुजन दास नशालु इन्जेक्सन डिलेभरी गएको गोप्य सुइँको पाएपछि सिलगढी थाना पुलिसले उक्त इलाकामा अभियान चलाएर नशालु इन्जेक्सन डिलेभरी गर्न अगावै उक्त युवकलाई पक्राउ गरेको बताइएको छ। तथापि, प्रतिबन्धित नशालु इन्जेक्सन लिन आएका व्यक्तिले पुलिसलाई देखेर घटनास्थलबाट सुइँकुच्चा ठोकेको थाहा लागेको छ। पुलिसले सुजनबाट ३ वटा प्याकेटमा ३०० पिस नशालु इन्जेक्सन उद्धार गरेको छ भने यसको अनुमानित बजार मूल्य लगभग ५० हजारदेखि १ लाख रुपियाँ रहेको बताइएको छ। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement